सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा एक व्यक्ति मृत फेला परेका छन्। राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी कार्यालयमा मृत अवस्थामा फेला परेका हुन् ।
मृतक केसीले कार्यालयभित्रै विष सेवन गरेको आशंका गरिएको छ ।
प्रहरी अनुसन्धानका लागि घटनास्थलतर्फ गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।



















































































































































































































