१४ कार्तिक २०८३, शुक्रबार

 

मन्त्री महासेठले फेरे चौथोपटक महानिर्देशक

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोगनबहादुर हमाललाई यातायात व्यवस्था विभागको महानिर्देशक नियुक्त गरेको छ ।

हमाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत थिए । उनी मन्त्रालयका ३१औं महानिर्देशक भएका छन् ।

यसअघिका महानिर्देशक कुमारप्रसाद दाहाल सूचना आयोगमा सरुवा भएपछि उक्त पद रिक्त थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको पालामा यसअघि ४ जनाले महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।

२०७३ फागुन २१ गते महानिर्देशकमा रूपनारायण भट्टराई नियुक्त भएका थिए । उनी २०७५ जेठ ११ गते सरुवा भएका थिए । भट्टराई सरुवा भएपछि प्रेमकुमार सिंहले कामुका रूपमा २ महिना काम गरे ।

गत वर्ष साउन १४ गते लावण्यकुमार ढकाल महानिर्देशक भएर आए पनि फागुन २१ गते सरुवा भएका थिए । ढकालपछि कुमारप्रसाद दाहाल फागुन २७ गते महानिर्देशक नियुक्त भएका थिए । उनी गत साउनको तेस्रो साता सरुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung