१४ कार्तिक २०८३, शुक्रबार

 

सिंहदरबारभित्रै मृत फेला परेका केसीको साथमा भेटियाे ‘सुसाइड नोट’

सिंहदबारको राष्ट्रिय योजना आयोगमा मंगलबार कार्यालयभित्रै मृत अवस्थामा फेला परेका नायब सुब्बा बच्चुराम केसीको साथबाट सुसाइड नोट फेला परेको छ । महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार केसीको साथमा सुसाइड नोट भेटिएको हो ।

बोगटीका अनुसार, सुसाइड नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन् । आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत उनले नोटमा लेखेका छन् ।

कीर्तिपुरस्थित टौदहमा बस्दै आएका केसीले सोमबार बिहान कार्यालय आएपछि घर नगएको पाइएको छ ।

साँझ ५ः२७ बजे केसी बाहिर निस्केको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । त्यसपछि केसी राति ११ बजे कार्यालय छिरेको पाइएको छ ।

पूर्वसहकर्मीका अनुसार परराष्ट्रमा भएका बेला सरकारी कर्मचारीको पासपोर्ट किर्ते गरेको मुद्दा उनीमाथि चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung