झापाको बिर्तामोड नगरपालिका–३ बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० की सुमित्रा राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
राईको शव शुक्रबार बिहान ९ बजेको समयमा महिला नालीमा डुबेर मृत अवस्थामा फेला परेको थियो।
प्रहरीका अनुसार मृतक राईको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको छ।



















































































































































































































