आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाको मुद्दामा चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ ।
बहस सकिएसँगै सोमबार साँझ नै यस मुद्दामा जिल्ला अदालत चितवनले आदेश दिने तयारी रहेको बुझिएको छ। आदेश मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने, साधारण तारेख वा धरौटीमा छाड्नेमध्ये एउटा हुन सक्ने छ।
मुद्दामाथि जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा आठ जना वकिलले बहस गरेका थिए ।
प्रहरीले तीनै जनालाई हिरासतमा लिएको ११ औँ दिनमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। अदालतमा आइतबार अस्मिताको बयान सकिएको थियो भने सोमबार रवि र युवराजको बयान लिने काम सकिएको छ।



















































































































































































































