७ जेष्ठ २०८१, सोमबार

 

साफ यू–१५ फुटबल : बंगलादेशविरुद्ध भिड्दै नेपाल

भारतमा जारी पाँचौं संस्करणको यू–१५ फुटबल प्रतियोगितामा शीर्ष २ मा पर्न नेपाललाई गर या मरको अवस्था छ ।

नेपालले आज बलियो टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपालले प्रतियोगिताको तेस्रो खेलका रूपमा बंगलादेशसँग खेल्न लागेको हो ।

पहिलो खेलमा भारतलाई ५–० को गोल अन्तरले पराजित गरेको नेपाल दोस्रो खेलमा श्रीलंकासँग २–० ले पराजित भएको थियो ।

नेपाल तालिकाको तेस्रो स्थानमा छ । नेपालले २ खेलबाट ३ अंक जोडेको छ ।

६ अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ । साथै शीर्ष स्थानको भारतको पनि ६ अंक छ ।

नेपालले अन्तिम खेलमा बिहीबार भुटानको सामना गर्नेछ । राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्