४ जेष्ठ २०८१, शुक्रबार

 

नेपाल नादेझ्दा कपको फाइनलमा

नेपाली महिला राष्ट्रिय टोली किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा मंगलबार ताजिकिस्तानलाई १–० ले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । प्रतियोगितामा चार राष्ट्र सहभागी छन् ।

नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले गोल गरेकी हुन् ।
नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीस्वरूप नेपाल यो प्रतियोगितामा सहभागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्