८ जेष्ठ २०८१, मंगलवार

 

क्यारेबियन लिगमा सन्दीप बने ‘म्यान अफ द म्याच’

 

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिएका छन्। नेपालका क्रिकेट आइकन सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि बुधबार राति बार्बाडोसले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई १८ रनले हराएको हो । प्याट्रियट्स सन्दीपको पूर्वक्लबसमेत हो ।

यस खेलमा उनी ‘म्यान अफ द म्याच’ घोषित भएका छन्। सो खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै बार्बाडोसले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८६ रन जोडेको थियो ।

जवाफमा १८७ रनको लक्ष्य पछ्याउन आएको सेन्ट किट्स २० ओभरमा ९ विकेट गुमाएर १६८ रन सीमित भयो । जितसँगै बार्बाडोसले २ खेलबाट २ अंक जोडेको छ । बार्बाडोसको यो पहिलो जित हो ।प्याट्रियट्सको ४ खेलबाट २ अंक छ ।

प्रतिक्रिया दिनुहोस्