८ जेष्ठ २०८१, मंगलवार

 

बलियो कुवेतसँग नेपालको बराबरी

एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई बराबरीमा रोकेको छ । सुरुवाती अग्रता लिए पनि नेपालले त्यसलाई जाेगाइरहन सकेन ।

सोमबार राति जोर्डनमा भएको खेलमा बलियो टोलीको रूपमा रहेको कुवेतसँग नेपालले १–१ गोलको नतिजा निकालेकाे हो ।७४औं मिनेटमा दीपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, इन्जुरी समयको पाँचौं मिनेटमा अब्दुल वाहबले पेनाल्टीमार्फत गोल गर्दै गोल गर्दै खेल बराबरीमा रोके ।

अब नेपालले असोज ३ मा ताजकिस्तानसँग खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले असोज ५ मा श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपका लागि दोस्रो चरणमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्