८ कार्तिक २०८३, शनिबार

 

गौशालालाई सहकारीको सहयोग

लहरे पीपल बहूद्देश्यीय सहकारी संस्थाले स्थापना दिवस तथा संविधान दिवसका अवसरमा गौ सेवा कार्यक्रम गरेको छ । सहकारीको २०औं स्थापना दिवस तथा चौथो संविधान दिवसका अवसरमा बागलुङ नगरपालिका– ५ स्थित गण्डकी गोपाल गौशालामा रहेका गाईलाई दाना खुवाइएको हो ।

कार्यक्रममा बानपा–५ का वडाअध्यक्ष शिवप्रसाद सापकोटले राष्ट्रिय जनावरका रूपमा रहेको गाई लोप हुँदै गएको अवस्थामा यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताए । मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यको अगुवाइमा स्थापित गौशालालाई स्थानीय मिलेर संरक्षण र व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा सहकारीले करिब ५ हजारबराबरको दानालगायत सामग्री गौशालामा प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर केसीले बताए । सहकारीका संस्थापक सदस्य नगेन्द्रराज शर्मालगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा गौसेवक यज्ञदत्त रेग्मीलाई समेत सम्मान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung