८ कार्तिक २०८३, शनिबार

 

साझेदारी सहकारीका सेयर सदस्यहरू पुरस्कृत

- साझेदारीले चालु आर्थिक वर्षमा २ अर्व १० करोडको कारोबार गर्ने

साझेदारी बहूद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले चालू वर्ष २ अर्ब १० करोडबराबरको कारोबार गर्ने लक्ष्य सार्वजनिक गरेको छ । संस्थाको १२औँ वार्षिक साधारणसभामा यस्तो जानकारी गराइएको हो ।

साधारणसभा उद्घाटन गर्दै पूर्व संविधानसभा सदस्य तथा संस्थाका सल्लाहकार प्रकाश शर्मा पौडेलले सहकारीले मुलुकको समृद्धिमा महत्त्वपूर्ण टेवा पु¥याउने बताए ।

उनले समाज र राष्ट्रलाई समृद्ध गराउन सहकारी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । ‘सहकारी नाफाभन्दा पनि सेयर सदस्यको सेवामा केन्द्रित हुन जरुरी छ,’ पौडेलले भने, ‘साझेदारीको सुरुवात राम्रो छ, यसलाई सबैको साझा सहकारीका रूपमा स्थापित गर्नुपर्छ ।’

कार्यक्रममा संस्थाका सल्लाहकार केबी रानामगर, कर्णबहादुर हमाल, राजेन्द्र आचार्य, पोटकुमारी जिसी, अधिवक्ता भूमीश्वर गौतम, बागलुङ बहूद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष दुर्गादत्त आचार्य, नीलगिरि बचत तथा ऋण सहकारी संस्थाका सचिव मिलन केसी, सेयर सदस्यहरू श्रीकृष्ण पौडेल, सुप्रिया शर्मालगायतले मन्तव्य राखेका थिए ।

साधारण सभामा सचिव डिल्लीप्रसाद गौतमले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेश लम्सालले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक उमाशंकर सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस क्रममा सेयर सदस्यहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरियो । उत्कृष्ट दैनिक चल्ती बचतकर्तातर्फ रामचन्द्र शर्मा, सीता ठकुरी, विविन्द्रकुमार श्रेष्ठ, मेनका शर्मा, टीकाराम शर्मा, लेखनाथ शर्मा, सीता पौडेल, सुप्रिया शर्मा, सीता सापकोटा, नवीन श्रेष्ठ पुरस्कृत भए ।

यस्तै उत्कृष्ट दैनिक आवधिक बचतकर्तातर्फ ऋषिराम शर्मा, सावित्रीकुमारी शर्मा र मीना पौडेल पराजुली, उत्कृष्ट मासिक बचतकर्तातर्फ रामचन्द्र शर्मा र देवबहादुर खत्री, दीर्घकालीन बचत योजना साझेदारी समृद्ध बचततर्फ दुर्गा किसान र पवित्रा शर्मा, उत्कृष्ट आवधिक बचतकर्ताका रूपमा चन्ददत्त सापकोटा र कर्ण बहादुर हमाला तथा बाल बचततर्फ सृजन पौडेल र जेनिस पौडेल सम्मानित भए ।

संस्थाबाट विभिन्न प्रयोजनका लागि कर्जा लियर उत्कृष्ट कारोबार गर्ने सुन्दर श्रेष्ठ, सन्तोष चोखाल, दलबहादुर कार्की तथा सम्झना श्रेष्ठलाई पनि सम्मानित गरियो ।

साधारणसभामा उत्कृष्ट कर्मचारी शर्मिला मल्ल, सेयर सदस्य विस्तार अभियानमा विशेष योगदान पु¥याउने गोविन्दबहादुर पौडेल गोपाल, लक्ष्मी शर्मा सापकोटा र लक्ष्मी खड्का तथा संस्थाप्रति विशेष सद्भाव र सकारात्मक व्यवहार राखेको भन्दै सेयर सदस्य कुलप्रसाद सापकोटा, गणेश शर्मा र इन्दु रेग्मीलाई समेत सम्मान गरिएको प्रबन्धक त्रिलोचन रिजालले जानकारी दिए ।

साधारणसभाको अध्यक्षता साझेदारी सहकारीको अध्यक्ष हरि प्रसाद गौतमको अध्यक्षतमा, स्वागत कार्यसमिति सदस्य गोविन्द बहादुर पौडेल गोपालले र संचालन उपाध्यक्ष तेज प्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung