१४ कार्तिक २०८३, शुक्रबार

 

रक्सीले मातेका मालपोत हाकिम कुर्सीमै निदाएपछि…

मालपोत कार्यालय महोत्तरी जलेश्वरका प्रमुख भूपबहादुर बोगटी कार्यालयमा मदिरा सेवन गरेर आएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मदिरा सेवन गरी लठ्ठ परेका प्रमुख आफ्नै कुर्सीमा निदाएको थाहा पाएपछि सेवा ग्राहीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उनलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणको लागि जलेश्वर अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung