भष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणको सर्वत्र आलोचना भएपछि आक्रमणकारीलाई पहिचान गर्न प्रहरीले समिति गठन गरेको छ। प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।
चितवनका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन। घटनाका बारेमा प्रहरीलाई जोडेर प्रतिक्रिया आईरहेका बेला प्रहरीले समिति गठन गरेको हो । घटनाको चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको जानकारी गराएको छ । उनको अभियानका सहयोगी अधिवक्ता सुरेन्द्र भण्डारी सहितको समुहले घटनाका बारेमा मानव अधिकार आयोग समक्ष उजुरी गरेको जानकारी हुन आएको छ ।
तर प्रहरीले घटना के, कसरी घटना घट्यो र संलग्न व्यक्तिको पहिचान गर्न समितिले काम गर्ने जनाएको छ । समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्ने प्रहरीले जनाएको छ । त्यसपछि मात्र दोषीलाई कारबाही गर्न सहज हुने प्रहरीको भनाई छ ।
शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा शाहीले सम्बोधन गर्न लागेको कार्यक्रममा नेकपाका कार्यकर्ता बताउने जत्थाले आक्रमण गरेको थियो । साथै उनले गर्नै भनेको कार्यक्रम पनि विथोलेको थियो । उनी चढेको माइक्रोबसमा पनि आक्रमण गरि तोडफोड गरिएको थियो ।
आक्रमणपछि घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागिपनि उपचार हुन नसकेपछि त्यही दिन काठमाडौं ल्याईएको थियो।
शाहीको घटनालाई लिएर प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्त विश्व प्रकाश शर्मा, नेता गगन थापालगायतका नेताले घटनाको निन्दा गर्दै अभिव्यक्त नै सार्वजनिक गरेका छन् । पर्यटनमन्त्री योगेश भट्टराई नेपालगंजबाट काठमाडौं फर्किने क्रममा केही दिन अघि शाहीले जहाज रोकेर ढिला गरेको भन्दै मन्त्री भट्टराइलाई दुर्व्यवहार गरेको आरोप लाग्दै आएको थियो ।
साथै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई भ्रष्ट्राचारको आरोपमा शाहीले समाजिक संजालबाट दिएको आरोप खण्डन गर्दै मेयर दाहालले पनि उनलाई भ्रष्ट्राचार प्रमाणित गर्न चेतावानी दिएकी थिईन् । त्यही प्रतिशोधमा सरकार पक्षिय कार्यकर्ताले शाहीलाई आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ ।



















































































































































































































