८ सय २८ मेगावाट क्षमताको राष्ट्रिय गौरबको आयोजनाको रुपमा मानिएको उत्तरगँगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण अगाडी बद्न नदिइएको भन्दै सरोकार तथा सहयोग समितिले शनिबार प्रेस विज्ञप्ती मार्फत आफनो धारणा प्रस्तुत गरेको छ ।
लामो समयदेखि बन्ने भनिएको विद्युत आयोजना निर्माण अगाडी बद्न नेकपाका नेता जर्नादन शर्मा र गणेशमान पुनले निरन्तर आयोजना असफल पनाउने प्रपञ्च रचिरहेको आरोप लगाउँदै स्थानीय केहि व्यक्तिहरुलाई समेत हतियारको रुपमा प्रयोग गरीरहेको आरोप लगाएका छन् ।
२०३८ सालमा जापानी अन्तराष्ट्रिय सहयोग नियोग, जाइकाबाट अध्ययन भएको, २०६१ फाल्गुन २८ मा नेपाल विद्युत प्राधिकरणको नाममा तत्कालिन जलश्रोत मन्त्रालयबाट २०६१÷६२ विद्युत उत्पादनको सर्वेक्षण अनुमती पत्र जारी भएको थियो ।
शर्मा र पुनले बोबाङका स्थानीय धनबहादुर पुनलाई प्रयोग गरेर स्थानीय बासिलाई त्रसित बनाउने जस्ता खेल समेत भइरहेको स्मरण गराउँदै उनिहरुकै कारण सरोकार समिति तथा स्थानीयबासिलाई समेत सुरक्षाको अनुभुती हुने खालको अवस्था नरहेको आरोप लगाएका छन ।
निसीखोला र ढोरपाटन नगरपालिकाका जनतालाई त्यस्तो जालझेल पुर्ण गतिविधी, भ्रममा नपर्न सरोकार तथा सहयोग समितिका उपाध्यक्ष एवम ढोरपाटन नगरपालिका वडा नं.९ का अध्यक्ष हरिबहादुर घर्तीमगरले बताउनु भयो ।
हाल उत्तरगँगा नदीको नियमित बहाब २.८७ क्युमेक्स यथावत राख्दै तल्लो तटीय आयोजनाहलाई ध्यानमा राखि ०.६५ थपेर जम्मा ३.५२ कयुमेक्स पानी भेरी जलाधार क्षेत्रतिरै छोड्ने आयोजनाको इञ्जिनियर डिजाइन भइसकेको समेत घर्तिले जानकारी दिनुभयो ।













































































































































































































