१४ कार्तिक २०८३, शुक्रबार

 

बस दुर्घटना अपडेट : १४ को मृत्यु, मृतकको पहिचान खुल्यो

इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।

सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको हो ।

छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रु बसमा रहेको नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए । हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रु बढी भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
मृतक मध्ये ११ जनाको पहिचान खुलेको छ भने अन्यको पहिचान खुल्न सकेको छैन ।

मृत्यु हुनेहरुको नाम

जुनादेवी लम्साल इन्द्रावती ९

सुवाश तमाङ, इन्द्रावती

अनुज तमाङ इन्द्रावती

मिना मगर इन्द्रावती

सुमित पुर्कोटी इन्द्रावती

बिनोद लम्साल इन्द्रावती ९

हिरा श्रेस्ठ इन्द्रावती ९

रितेश आचार्य इन्द्रावती १०

केदार श्रेस्ठ बनेपा

संगीता मिजार

सुमिता श्रेष्ठ (बाह्रबीसे)

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung