फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता महिलाको शव तुरतुरे तालमा भेटिएको छ ।बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि करीब ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर श्रीपाली गत आइतबार खोलामा बेपत्ता भएकी थिइन् ।
बेपत्ता महिलाको शव खोज्नको लागि सशस्त्र प्रहरी गुल्म बागलुडको प्रहरी निरीक्षक किसन केसीको कमाण्डमा १० जना जवानहरु खोजतलासमा गएको शसस्त्र प्रहरी गुल्म बागलुडको प्रहरी नायब उपरीक्षक बासुदेव लोहनीले नयाँविश्वलाई जानकारी दिनु भयो ।उक्त टोलिमा गोटाखोर समेत रहेको थियो ।पानीको तीब्र बहाबका कारण शव खोज्न धेरै मुश्किल भएको थियो ।
तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी श्रीपालीको बडिगाड खोलाकै तुरतुरे तालमा आइतबार शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले नयाँ विश्वलाई जानकारी दिए
अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दशैँ मनाउन भनेर घर जाँदै गर्दा उनी शनिबार बुर्तिबाङ बजारमा बसेकी थिइन् ।
सोही क्रममा घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा श्रीपाली चिप्लेर खोलामा बेपत्ता भएको भएकी थिइन ।शव पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
बागलुङमा सशस्त्र प्रहरी गुल्मको स्थापनापछि दैवी प्रकोप,आगलागी र दुर्घटना लगाएतको घटनामा तत्कार उद्दार र राहतको लागि धेरै सहयोग पुग्ने सशस्त्र प्रहरी गुल्म बागलुङको प्रहरी नायब उपरीक्षक बासुदेब लोहनीले बताए ।



















































































































































































































