गृहमन्त्रालयले आईपुगेको चाड दिपावलीको अवसरमा हुने अवाञ्छित गतिविधी नियन्त्रण गर्न मातहका कार्यलयलाई निर्देशन गरेको छ । तिहारमा पट्का र भुइचम्पा पड्काउन बन्देज गरिएको सूचना सहित मन्त्रालयले उपभोग्य वस्तुमा हुने मिसावट तथा कालावजारी रोक्न प्रहरी तथा जिल्ला प्रशासन कार्यलयलाई निर्देशन गरेको हाे ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक गरेको सूचनामा भनिएकाे छ । तिहारमा देउसी भैलो जस्ता कार्यक्रममा संलग्न हुँदा स्थानीय प्रशासनबाट तोकिएको समयावधी र प्रक्रियाको परिपालना गर्नुहुन र देउसी भैलाे कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिनु हुन वा कुनै व्यक्ति वा संस्थाबाट अनुचित दबाबमूलक माग राख्ने, समय पूर्व पत्राचार गर्ने लगायतका क्रियाकलाप नगर्नन, नगराउन, सबैमा अनुरोध गर्दै यस मन्त्रालयले लागु पर्दाथ निषेध र नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखी विविध कार्यक्रमहरु संचालनमा ल्याएको सोको परिपालन गर्नुहुन नेपाली भाषा, धर्म र संस्कृतिलाई विकृत तुल्याई समाजमा नकारात्मक असर पर्ने खालका गीत, संगीत र नृत्य सहितका श्रव्य तथा दृश्य सामाग्री गायन, प्रशारण, उत्पादन तथा विक्रि वितरण नगर्न नगनर्र हुन सबैमा आग्रह गर्दछौं । सो विपरित कोही कसैले यस्ता कार्य गरे गराएमा प्रचलित कानुन अनुसार कारवाही गर्नै व्यवस्था हुन मातहतका निकायलाई निर्दैशन गरिएको छ ।





















































































































































































































