१४ कार्तिक २०८३, शुक्रबार

 

भाइटीकाको साइत ११ : ५५ मा

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक १२ गते मंगलबार ११ बजेर ५५ मिनेटलाई तोकेको छ । समितिको सिफारिसमा गृह मन्त्रालयले बिहीबार भाइटीकाको साइत सार्वजनिक गरेको हो ।
मन्त्रालयको सूचनामा उल्लेख भएअनुसार उक्त समयमा उत्तम साइत परेको छ ।
सरकारले यस वर्ष भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेवार समुदायले आफूहरूको भाइटीका कात्तिक १३ मा पर्ने भन्दै सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung