३१ बैशाख २०८२, बुधबार

 

म्याग्दीमा जिप दुर्घटना : दुईको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नम्बरको जिप दरवाङ–रुम सडकको ताक्सेमा दुर्घटना भएको हो ।

जिप दुर्घटनामा मालिका–२ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिए ।

रुखमा अड्किएको अवस्थामा उद्धार गरिएका एक जनाको अवस्था सामान्य रहेको छ । मालिका–१ का जिपका चालक ३३ वर्षीय डम्मरबहादुर सिउथानीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिप भित्र बसेका १५ यात्रु भने सकुशल छन् । जिप पल्टिदा भिरमा खसेका यात्रु छतमा चढेका हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung