आइतबार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदाको घोषणा गरेको हो ।
यस पटकको छठ पर्व शनिबार र आइतबार गरी दुई दिन परेकाले आइतबार सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारद्वारा विज्ञिप्तमा उल्लेख छ । नेपालको तराई तथा पहाड भूभागमा छठ पर्व धुमधामका साथ मनाइने गरिन्छ ।
यसैगरी, प्रदेश ३ को सिन्धुलीको गोलन्जोर गाउँपालिकाले पनि छठ पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ ।



















































































































































































































