३ श्रावण २०८३, आईतवार

 

बागलुङ नगरपालिकामा औद्योगिक ग्राम बन्ने

सरकारले आर्थिक समृद्धिको नीति ल्याएसँगै बागलुङ नगरपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएको छ ।प्रत्येक स्थानीय तहमा एक–एकवटा औद्योगिक ग्राम बनाउने सरकारको नीतिबमोजिम बागलुङ–१३ कालाखोला बगरमा औद्योगिक ग्राम स्थापना गर्ने बाटो खुलेको बागलुङ  नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए ।

प्रस्तावित ठाउँमा औद्योगिक ग्राम बनाउन उपयुक्त भए/नभएको बुझ्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वन मन्त्रालयलाई पत्राचार गरेकाले अब डिपिआर तयार गर्न सहज भएको नगरप्रमुख  पौडेलले जानकारी दिए ।

बागलुङ नगरपालिकाभित्र रहेका उद्योगधन्दा तथा कलकारखानालाई एकीकृत रूपमा औद्योगिक ग्राम निर्माण गरेर स्थापना गर्न नगरले करिब ८५ रोपनी जग्गामा सडक र विद्युत्को पूर्वाधारसमेत तयार पार्ने नगरप्रमुख जनकराज पौडेलले भने ।

बागलुङ नगरपालिकाभित्र अहिलेसम्म औद्योगिक ग्राम नहुँदा जताततै अव्यस्थित रूपमा उद्योग तथा कलकारखाना सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung