झण्डै १३ वर्षपछि गलकोटमा दोस्रो गलकोट घुम्टे महोत्सव सञ्चालन हुँदै छ । मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी यति बेला तिव्र पारिएको छ ।
गलकोट घुम्टे विकास केन्द्र बागलुङको आयोजनमा हुन गईरहेको महोत्सवलाई सफल पार्न अहिले विभिन्न ठाउँमा समुह बनाएर प्रचार प्रसार आर्थिक संकलनलाई दृढतापुर्वक अगाडी बढाईएको छ । केन्द्रले गलकोटसँगै देश तथा विदेशमा रहेका गलकोटे तथा बागलुङ जिल्लाबासीसँगको अन्तरकृया तथा भेटघाटलाई सकृयता पुर्वक अगाडी बढाएको छ । २०६३ सालमा पहिलो पटक गलकोटमा प्रथम गलकोट घुम्टे महोत्सव आयोजना गरिएको थियो ।
दोस्रो गलकोट घुम्टे महोत्सव नजिकिदै गर्दा त्यसको व्यवस्थापन कसरी गर्ने महोत्सवमा स्थानीय कला र संस्कृतिको प्रदर्शन लगायतका विषयमा अहिले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका सबै वडामा आवश्यक गृहकार्य चलिरहेको छ । महोत्सवमा स्थानीय कला संस्कृति झल्कने
हाम्रा लोक संस्कृतिहरु लोप हुन लागेको भन्दैं महोत्सवमा कला र संस्कृतिलाई मुख्य प्राथमिकतामा राखेक प्रदर्शन गर्ने तयारी भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापा लगाएतको नेतृत्वको लागेको छ ।
मंसिर ४ गते देखि ११ गते सम्म गलकोट नगरपालिका वडा नं ५ हरिचौर बसाहफाँटमा हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा यस क्षेत्रमा रहेका पुराना लोपोन्मुख कला संस्कृतिलाई संरक्षण
गर्ने उद्देश्यसहित विभिन्न जातजातिमा आधारित मौलिक, कला संस्कृतिहरु प्रर्दशन हुने भएको छ । गलकोटमा रहेका कला संस्कृति सोरठी, सालैजो, ठाडो भाका, यानीमाया सुनिमाया, नानीलै, घुम्टे साइलो लगायतका भाकाहरु सँगै स्थानिय कला संस्कृति झल्कने झाँकीहरु र जात्राहरु समेत प्रर्दशन गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताउनु भयो । महोत्सवमा गलकोट लगायत आसपासका पालिकामा रहेका कला सँस्कृतिको समेत पर्दशन हुने भएको छ ।
महोत्सवमा गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी तथा मारुनी नाच, लाखे नाच तथा भजन किर्तनलाई पनि विशेष प्रस्तुतीका रहने छ ।
बागलुङ जिल्लाको गलकोट क्षेत्र कला संस्कृतिले भरिपुर्ण भएको ठाँउ मानिए पनि विभिन्न कारणले गर्दा गलकोटमा रहेका कला सँस्कृति पछिल्लो समय लोप हँदै गईरहेका छन् । गलकोटमा विभिन्न जातजातीको बसोबास रहेको छ । यी जातजातीहरुका पनि आफ्नै कला संस्कृतिहरु रहेका छन् ।
ती कला संस्कृति समेत अहिले नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु, नयाँ पुस्ताले सिक्नमा तदारुकता नदेखाउनु र कला संस्कृतिलाई संरक्षण गर्न सरोकारवाला पक्षको ध्यान नजानुले पनि विभिन्न संस्कार, संस्कृतिहरु अहिले लोप हुने अवस्थामा रहेका छन् ।
अहिले संविधानले पनि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्व बोकेका परम्परागत संस्कार सँस्कृतिलाई संरक्षण गर्नको लागि लिपिवद्व गरिसकेको बेला परम्परागत कला सँस्कृतिलाई जगेर्ना गर्नुपर्ने र लोपोन्मुख कला सँस्कृतिलाई जीवन्त राख्नुपर्ने सरोकारवालाको भनाई छ ।
महोत्सवले गलकोट क्षेत्रको पर्यटन, कृषि, कला, संस्कृतिलाई खेलकुद लगायतलाई थप उचाईमा पुर्याउँदै आन्तरिक तथा बाह्य पर्यटन आवागमनमा वृद्वि हुने अपेक्षा लिईएको छ ।



















































































































































































































