पृथ्वी राजमार्गस्थित धादिङको गल्छी गाउँपालिका– ६ बैरेनीबजारमा आज बिहान जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ४० जनाभन्दा धेरै घाइते छन् ।
नुवाकोटको बाँसगढीबाट अमलेखगन्ज जाँदै गरेको बा२ख ६२६८ नम्बरकाे बस सडकको खाल्डो छल्न खाेज्दा दुर्घटनाग्रस्त भएको हाे । नुवाकोट, बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँकाे ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीका स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।



















































































































































































































