१४ कार्तिक २०८३, शुक्रबार

 

गाडीकाे ठक्करले चिकित्सककाे मृत्यु

गाडीको ठक्करबाट नयाँ बानेश्वरमा आइतबार एक व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा सिभिल हस्पिटलका चिकित्सक ७२ वर्षीय प्रभु जोशी छन् ।

संघीय संसद् भवनको १ नम्बर गेटअगाडि बिहान ६ः१५ बजे दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिए ।

प्रहरीका अनुसार सिभिल हस्पिटलमै बस्दै आएका जोशी मर्निङवाकमा निस्कँदा दुर्घटनामा परेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने सवारीको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung