१४ कार्तिक २०८३, शुक्रबार

 

दरबार हाइस्कुलको पुनर्निर्माण अन्तिम चरणमा

भूकम्पमा क्षतिग्रस्त देशकै जेठो शिक्षालय दरबार हाइस्कुलको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । अब एक महिनाभित्र सरकारलाई भवन हस्तान्तरण गर्ने चिनियाँ कम्पनीको तयारी छ ।

चिनियाँ सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चीनकै एमसिजी कम्पनीले भवन पुनर्निर्माण गरेको हो । करिब १ सय २० श्रमिकले १६ महिनादेखि काम गरिरहेको यो परियोजना निर्धारित मितिअघि नै सकिने कम्पनीको दाबी छ । १८ साउन २०७५ मा २० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एमसिजीले जिम्मेवारी लिएको थियो । डेढ वर्षकै अवधिमा ९० प्रतिशतभन्दा धेरै काम सकिएको कम्पनीले जनाएको छ ।

४६ कोठा रहेको चार तले भवनले नयाँ संरचना समपन्न हुनसाथ नेपाल सरकारलाई विधिवत हस्तान्तरण गर्नै तयारी गरिरहेको नेपाली निर्माण व्यवस्थापक राजेन्द्र केसीले बताए । १९९० मा स्थापना भएको सो स्कुल २०७२ को भूकम्पले भग्नावशेष भएको थियो। ऐतिहासिक महत्व बोकेको यस हाइस्कुललाई पुननिर्माणलाई चिनियाँ पक्षले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung