१४ कार्तिक २०८३, शुक्रबार

 

डा. जोशीलाई ठक्कर दिएकाे बस भेटियो

मर्निङ वाकमा हिंडेका डाक्टर प्रभु जोशीलाई ठक्कर दिएर फरार बसको पहिचान भएको छ । बसको पहिचान भएपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले चालकसहित बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । घटनामा संलग्न बस त्यही हो भनेर एकिन नभएको र अनुसन्धानपछि जानकारी दिने बताए ।

प्रहरी स्रोतका अनुसार सीसीटीभी हेरेर बसको पहिचान गरिएको हो । बा ३ ख ६१४ नम्बरको बसलाई रामेछापबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो ।

आइतबाट मर्निङ वाकमा हिंडेका डा. जोशीलाई नयाँ बानेश्वरमा ठक्कर दिएर हुइँकिएको थियो, ‘ बसले ठक्कर दिएको नदेखिएपनि बस अगाडि बढेपछि हिडिरहेका डा.जोशीले बाटो काटेको देखिएको थिएन्’ बाेगटीले भने ।

बसको ठक्करबाट ७२ वर्षीय डा. जोशीको मृत्यु भएको थियो । उनलाई बानेश्वरको दक्षिणी गेट अगाडि गाडीले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung