१४ कार्तिक २०८३, शुक्रबार

 

प्रधानमन्त्री ओलीलाइ भेट्न अस्पताल पुगे देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न
शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।
मानवीय संवेदना राजनीति भन्दा माथि हुन्छ भन्ने कुरालाई देउवाले उपचाररत ओली भेट्न जानुले प्रमाणित गरेको छ । विराटनगरबाट फर्किएलगत्तै बुधबार विहान ओलीलाई भेट्न उनी अस्पताल पुगेका हुन्।

यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी पंक्तिको तर्फबाट प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए। एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री ओली मंगलबार अस्पताल भर्ना भएका थिए। मंगलबार उनको शल्यक्रिया भएको थियो।

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको अस्पतालले जनाएको छ।
सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ। सम्माननीय प्रधानमन्त्री ज्यूको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र अहिले उहाँ राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको अस्पतालले विज्ञप्ती जारी गरेर जानकारी गराएको छ ।
सेन्टरका चिकित्सक डाक्टर अरूण सायमीले प्रधानमन्त्री ओलीले कुराकानी गरे पनि परिवारका सदस्य र नेताहरूसँग नभेटेको बताए।
प्रधानमन्त्रीलाई भेन्टिलेटरबाट हटाएपछि बुधबार बिहान प्रधानमन्त्री पत्नी राधिका शाक्य उनलाई भेट्न गएकी थिइन्। नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेल, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि अस्पताल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung