१४ कार्तिक २०८३, शुक्रबार

 

बस दुर्घटना अपडेट : १९ जनाको मृत्यु, ६ को पहिचान खुल्यो

अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जाँदै गरेको बसको नरपानीमा दुर्घटना हुँदा जना १९ को मृत्यु भएको छ । हालसम्म ११ पुरुष, १ बालक र ७ महिला गरी १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा परि १४ जना घाइते भएका छन्। बुधबार दिउँसो दिउँसो २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जाँदै गर्दा सन्धिखर्क नगरपालिका ६ नरपानीमा अपरान्ह करिब ४ बजेतिर दुर्घटना भएको हो।

मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क–७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा–२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिब ३० वर्षीय वसन्त क्षेत्री रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन।

बस सडकबाट करिब ५०० मिटर तल खसेको छ। सडक भासिएर बस सडकबाट तल खसेको थियो।

घाइतेहरुको वुटवल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung