दैलेखमा माइक्रोबस दुर्घटना हुँदा शुक्रबार ३ जनाको ज्यान गएको छ ।
सुर्खेत बाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रोबस गुराँस गाउँपालिका–४, मुग्राँमा दुर्घटना हुँदा ज्यान गुमाउनेमा बर्दियाको मधुवन नगरपालिका–६, सानोश्रीका २९ वर्षीय नामबहादुर बडुवाल, उहाँकी श्रीमती २७ वर्षीया कमला बडुवाल तथा सुर्खेतकोे वीरेन्द्रनगर नगरपालिका(३, तातोपानीका ५३ थीरबहादुर सुनार रहेका प्रहरीले जनाएको छ ।
सडकमा पानी जमेको खाल्डो छलाउँदा दुर्घटना भएको घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
सडकबाट १ सय ३ मिटर तल खेतमा पुगेको गाडीमा रहेकामध्ये १५ जना घाइते भएको र उनीहरुको सुर्खेतको देउती नर्सिङ र प्रदेश अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका(१८ का चालक नरेश शाही पनि घाइते छन् ।



















































































































































































































