१४ कार्तिक २०८३, शुक्रबार

 

मिलमा तोरी पेल्दा निरुकाे हात चुडिँयो

वामी दरमखोला लघुजल विद्युत परियोजनाद्वारा सञ्चालित पावर हाउससँगैको मिलमा सोमबार तोरी पेल्ने क्रममा एक युवतीकाे हात गुमेकाे छ ।  मिल सञ्चालक कृष्णबहादुर रानाकी १८ वर्षिया छोरी निरु रानाको हात गुमेकाे हाे ।

तोरी पेलिरहेको बेला एक्कासी मिलमा हात पर्दा उनको बायाँ गुम्न पुगेको छ ।

निरु रानालाइ वामीस्थित लुम्बिनी वामी हस्पिटल पोलीक्लिनिकमा प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ । उनकाे ग्रान्डी अस्पतालमा उपचार भइरहेकाे छ ।

हात काँटिएको पाँच घन्टा भित्र उपचार पाएमा हात जोडिन सक्ने भएको भन्ने डाक्टरको भनाइ अनुसार हेलिकप्टर चार्टर गरेर काठमाडाैं ल्याइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung