६ जेष्ठ २०८१, आईतवार

 

चौथो गरिमा च्याम्पियनसीप क्रिकेट प्रतियोगिता मंसिर १८ देखि

गरिमा आवासीय मावि र डिग्नीटी कलेज बागलुङको आयोजना गर्न लागेको चौथो गरिमा अन्तर विद्यालय च्याम्पियनसीप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणको पुगेको छ ।

‘बौद्धिक तथा शारीरिक विकासको लागि खेलकूद’ भन्ने मूल नाराका साथ क्रिकेट प्रतियोगिता मंसिर १८ गतेदेखि २२ गतेसम्म बागलुङ नगरपालिकाको वडा नं १ ,बाङ्गेचौर खेल मैदान आयोजना हुन लागेको गरिमा आवासीय माध्यमिक विद्यालयको प्रिन्सिपल श्याम प्रसाद शर्माले नयाँ विश्वलाई जानकारी दिए ।

विसं २०७३ सालदेखि गरिमा आवासीय माविले क्रिकेट खेलको व्यवसायीक प्रबद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष गरिमा च्याम्पियनसीप क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।मंसिर १८ गतेदेखि हुन लागेको क्रिकेट प्रतियोगिता चौथो संस्करण भएको र यसपालि धोलागिरी अंचल स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको गरिमा आवासीय माध्यमिक विद्यालयको प्रिन्सिपल शर्माले बताए ।

प्रतियोगिता प्रथम हुनेलाई नगर पुरस्कार ४४ हजार ४ सय ४४ रुपैया ,ट्रफि ,मेडेल र प्रमाणपत्र र द्धितीय हुनेलाई २२ हजार २ सय २२ रुपैया ,ट्रफि ,मेडेल र प्रमाणपत्र रहेको छ ।

बागलुङ नगरपालिका वडा नं २ श्रीनगर टोलमा रहेको गरिमा आवासीय मावि र डिग्नीटी कलेजले गुणस्तरीय शिक्षामा जोड दिनुका साथै विद्यार्थीहरुको सृजनशिलतालाई मौलिक ढंगले बाहिर ल्याउँनको लागि खेलकूदलाई उच्च प्राथमिकतामा राखेको गरिमा आवासीय माविका प्रिन्सिपल श्याम प्रसाद शर्माले भने ।

चौथो क्रिकेट प्रतियोगिता बागलुङ नगरपालिकाको नगर प्रमुख जनक राज पौडेलको प्रमुख आतिथ्यता मंसिर १८ गते बागलुङ नगरपालिकाको वडा नं १ ,बाङ्गेचौर खेल मैदानमा शुरु हुँदै छ ।अहिलेसम्म १२ टोलिले नाम दर्ता गरी सकेका विद्यालयका खेल संयोजक डिल केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्