६ जेष्ठ २०८१, आईतवार

 

 १३ औँ साग : फुटबलमा नेपालको शानदार जित

१३ औँ साग अन्तर्गत पुरुष फुटबलमा नेपाली टोलीले सुखद सुरुआत गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पारजित गरेको हो ।

खेलको पाँचौ मिनेटमा नेपालका लागि पहिलो गोल कप्तान सुजल श्रेष्ठले गरे । पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालका लागि दोस्रो हाफको पाँचौ मिनेटमा कप्तान सुजल स्वयम्ले दोस्रो गोल गरे । सुजलले खेलको ५० औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाएका हुन् ।

नेपालका लागि खेलको अविशेक रिजालले ६६ औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरे । निकैनै आक्रमक रुपमा खेलेको नेपालले खेलको ७८ औँ मिच्चेन तामाडले गोल गर्दै नेपाललाई ४–० गोलको सहज जित निकाले ।

प्रतिक्रिया दिनुहोस्