६ जेष्ठ २०८१, आईतवार

 

महिला क्रिकेट : बंगलादेशसँग १० विकेटकाे हार

१३औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले बंगलादेशसँग १० विकेटको हार व्यहोरको छ । ५१ रनको झिनो लक्ष्य बंगलादेशले मात्र ७।४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । बंगलादेशकी मुर्सिदा खातुन २१ र आयशा रहमानले १७ रनमा अविजित रहिन् ।

नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । अर्की ओपनर सीता रानामगरले पनि १२ बलमा तीन रन मात्र बनाउन सकिन् ।

 

प्रतिक्रिया दिनुहोस्