६ जेष्ठ २०८१, आईतवार

 

श्रीलङ्कासँग नेपालको बराबरी

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपालले बराबरी खेलेको छ । दशरथ रंगशालामा बुधबार नेपालले श्रीलंकासँग १– १ गोलको बराबरी खेलेको हो ।

एक गोलको अग्रता जिगाउँन नसक्दा नेपालले बराबरी खेलेको हो । खेलको ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए तर, खेलको इन्जुरी समयमा नेपाल गोल खान पुग्यो । थप गरिएको चार मिनेटको इन्जुरी समयमा जज सुपानले गोल गर्दै श्रीलंकालाई हारबाट जोगाएका थिए ।

यो बराबरीसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपालले अब शनिबार माल्दिभ्ससँग शनिबार र आइतबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्