फाइल तस्बिर
बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जिप तिनाउँ गाउँपालिका ५ चौविसमाइलमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा जिपका चालक रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गका २५ वर्षीय दिलिप वम्रेल र सहचालक सोही स्थानकै २४ वर्षीय कृष्ण कार्की रहेको पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए ।
बुटवलमा बिरामी छोडर पाल्पा फर्किँदै गर्दा जिप दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ । जिप सिद्धार्थ राजमार्गदेखि ३ मिटर तल तिनाउँ खोलामा खसेको छ ।
स्थानीयले भीरमा जिप अड्केको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



















































































































































































































