२४ बैशाख २०८१, सोमबार

 

फुटबलमा माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

नेपालले फुटबलमा माल्दिभ्सलाई हराउँदै १३ औँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदकका लागि फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

शनिबार काठमाडौंको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोलले हराएको हो।

गत दक्षिण एशियाली खेलकुदको स्वर्ण पदक विजेता नेपालको यो तीन खेलमा दोस्रो जित हो।

यो नतिजापछि नेपाल सात अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। लिगको समाप्तिमा शीर्ष स्थानमा रहने दुई देशले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । शनिबार माल्दिभ्सले १९औँ मिनेटमा गोल गरेर अग्रता लिएको थियो ।

अभिषेक रिजालले ४४औँ मिनेटमा गोल गरेर बराबरी गरे भने अनन्त तामाङले ५२औँ मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन् ।

शनिबार बेलुका श्रीलङ्का र भुटानबीच खेल हुँदैछ। सो खेलमा भुटान पराजित भए नेपाल फाइनलका लागि छनौट हुनेछ। अन्तिम लिग खेल आइतबार नेपाल र बाङ्ग्लादेशबीच हुनेछ

प्रतिक्रिया दिनुहोस्