२४ बैशाख २०८१, सोमबार

 

गौरिकालाई तेस्रो स्वर्ण

नेपाली पौडीबाज गौरिका सिंहले १३ औं सागमा आइतबार तेस्रो स्वर्ण जितेकी छन् ।

महिला चार सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले सात दोबाटोस्थित हिटिङ पौडी पोखरीमा भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।

यसअघि उनले १३ औं सागमा दुई स्वर्ण तथा एक–एक रजत र कास्य जितिसकेकी छन् । पहिलो स्वर्ण उनले दुई मिटर फ्रिस्टाइल र दोस्रो स्वर्ण दुई सय मिटर ब्याकस्ट्रोक स्पर्धामा जितेकी हुन् । यो सँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ४४ पुगेको छ।  गाैरिकाकाे नाममा ५ पदक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्