१४ कार्तिक २०८३, शुक्रबार

 

वडाध्यक्षमाथि कुटपिट गरी कालोमोसो

 

चितवनको इच्छाकामना गाउँपालिकाको २ नम्बर वडाका अध्यक्ष पञ्चबहादुर प्रजामाथि स्थानीयहरुको एक समूहले बोक्सा भन्दै कुटपिट गरेको छ ।

स्थानीय युवाहरुको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गर्दै मानव जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने प्रयाससमेत गरेको हो ।

शनिबार साँझ उत्तरकुमार गुरुङ, बिर्खबहादुर गुरुङ लगायतका व्यक्तिको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गरी बोक्सा भएको भन्दै जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने खोजेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

नेपाली कांग्रेसका स्थानीय कार्याकर्ताले वडा कार्यालयमा तालावन्दी लगाएपछि उत्पन्न विवादका बीच वडाध्यक्ष प्रजालाई कुटपिट गरी मानव मलमुत्र खुवाउने प्रयास भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung