१४ कार्तिक २०८३, शुक्रबार

 

सुन्धाराको रेस्टुरेन्टमा आगलागी

राजधानीको सुन्धाराको एक रेस्टुरेन्टमा आगलागी भएको छ । सुन्धारास्थित कुलमान श्रेष्ठको पानस रेष्टुरेण्टको भान्सामा ग्याँस लिक भई बुधबार राति आगलागी भएको हो ।

आगलागीबाट जलेर रेष्टुरेण्टमा काम गर्ने ५ जना घाइते भएका छन् । आगो निभाउने क्रममा घाइते भएका उनीहरुलाई तत्काल उद्दार गरी उपचारको लागि बीर अस्पताल ट्रमा सेन्टर पठाइएको छ ।

घाइतेमध्ये २ जनालाई थप उपचारको लागि कीर्तिपुर मोडेल अस्पताल रिफर गरिएको छ । आगलागीबाट भान्सा कोठामा रहेका खाद्य तथा अन्य सामानहरु जलेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung