काठमाडौं उपत्यकामा बिहानैैदेखि पानी परिरहेको छ । न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा परिवर्तन आएको हो । पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानीसँगै हुम्ला, जुम्ला, मनाङलगायत उच्च हिमाली क्षेत्रहरुमा हिमपात भएको छ । योसँगै काठमाडौंको चन्द्रागिरीमा पनि हिउँ परेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हिमालमा हिमपात र पहाडी क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।
मौसमविद्का अनुसार, शनिबारसम्मै काठमाडौं उपत्यकालगायतका देशका पहाडी तथा मध्यपहाडी भागमा वर्षा हुने सम्भावना छ । यो सँगै देशभरको चिसो बढेको छ ।



















































































































































































































