काठमाडौंका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठको शुक्रबार बिहान निधन भएको छ।
उनकी बुहारी रीना श्रेष्ठका अनुसार ९३–वर्षीय जनकमान श्रेष्ठ बिगत १ बर्षदेखि लिभर क्यान्सरबाट पीडित थिए।
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २००८ सालमा काठमाडौं नगरपालिका ऐन जारी भएको थियो र सोही ऐनका आधारमा २०१० साल भाद्र १० गते बनेको संरचनामा नगरपालिकाको चुनावबाट उनी मेयरमा चुनिएका हुन्।
त्यतिबेला मेयर पद हुँदैनथ्यो भने अहिलेको मेयरको जस्तो भूमिका सभापतिकै हुन्थ्यो ।



















































































































































































































