६ जेष्ठ २०८१, आईतवार

 

फ्युचरलाई हराउँदै न्यू ओएसिसले चुम्यो ट्रफि

न्यू ओएसिस अन्तर विद्यालय स्तरीय छात्र बास्केट बल प्रतियोगितामा  न्यू ओएसिस एकेडेमी प्रथम भएको छ ।फ्युचर ब्राइटर माविलाई ११ को विरुद्ध ४२ स्कोर गरेर न्यू ओएसिस एकेडेमीले विजेताको ट्रफि चुम्न सफल भएको छ भने फ्युचर ब्राइटर मावि उपविजेता भएको छ ।

स्पोटर्स क्लव अफ न्यू ओएसिस एकेडेमी ,बागलृुङको आयोजनामा बागलुुङ नगरपालिका वडा नं ४ उपल्लाचौरको विद्यालयको प्राङ्गणमा प्रथम न्यू ओएसिस एकेडेमी छात्र बास्केट बल प्रतियोगिता मंसिर २८ गतेदेखि शुरु भएको थियो ।

बास्केट बल प्रतियोगिताको म्यान अफ द टुरर्नमेन्ट न्यू ओएसिस एकेडेमीका शिव खड्का भए भने सबैभन्दा बढि स्कोर ल्याउँनेमा न्यू ओएसिसकै मनिश रिजाल भए ।विजेता र उपविजेता खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अथिति धौलागिरी अंचल अस्पतालको मेडिकल अफिसर तथा न्यू ओएसिस एकेडेमीको पूर्व विद्यार्थी डा रन्जित सापकोटाले ट्रफि ,मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा धौलागिरी अंचल अस्पतालको मेडिकल अफिसर डा रन्जित सापकोटा ,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा बागलुङ सूचना तथा संचार सहकारीको अध्यक्ष बसन्त कुमार श्रेष्ठ ,विद्यालयका कोषाध्यक्ष तथा धौलागिरी अंचल अस्पतालका व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामजी प्रसाद सुवेदी ,नेपाल प्याब्सनका केन्द्रीय सदस्य बालकृष्ण शर्मा,स्पोटर्स क्लव अफ न्यू ओएसिस एकेडेमीको अध्यक्ष जेसन भारी र न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्र लाल न्यौपानेले मन्तव्य राखेका थिए ।

कार्यक्रम स्पोटर्स क्लव अफ न्यू ओएसिस एकेडेमीको अध्यक्ष जेसन भारीको अध्यक्षता ,स्वागत क्लवको उपाध्यक्ष कुसुम रोका र संचालन बास्केटल बलको खेल संयोजक तथा शिक्षक पूर्णबहादुर खड्काले गरेका थिए ।न्यू ओएसिस एकेडेमीले विद्यार्थीहरुको सृजनात्मक प्रतिभालाई बाहिर ल्याउँन र व्यक्तित्व विकास गर्नको लार्गि खेलकुदमा विशेष लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्