४ जेष्ठ २०८१, शुक्रबार

 

कविता : पुरानो मान्छे

तासेर बोक्राहरू
बनेका बोक्राहरू
पनि तासेर
जे देखिन्छ
ती बोक्राहरू भित्र
बोक्रासहितको बोक्रा।

बढारेर धुलोहरू
पुनः
बढारेर धुलोहरू
नमैलाई मैलिएका धुलोहरू।

भाँचेर आकाशलाई
निचोरेर जुनलाई
रङ्गयाएर अध्यारोलाई
आधा बनाएर आँखालाई।

अर्ध दृष्टि
भित्रको
आधा मान्छे
बोक्राभित्रको बोक्राविहीन
खोक्रो मान्छे।
धुलोभित्रको सफा धुलोको मान्छे।
त्यहि पुरानो नयाँ बोक्रो भिरेको मान्छे।।
त्यहि पुरानो नयाँ धुलो दलेको मान्छे।।।
०००

प्रतिक्रिया दिनुहोस्