बडिगाड गाउँपालिकाको सक्न्यार टुटिफेदमा बिरामी बोकेको पिकअप जिप दुर्घटना भएको छ । जिपदुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक बालिकासहित दुईको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए।
खर्वाङ बजारबाट शिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा बडिगाड गाउँपालिका– ३ सरधाराका वर्ष २६ की शान्ती थापा, निजकै छोरी वर्ष ६ की विविशा थापा, सोही स्थानका वर्ष २३ की नुनु रेश्मी र वर्ष ३३ की चुराकुमारी थापा र वडिगाड गाउँपालिका–३ शिसाखानी बस्ने वर्ष २४ का चालक रमेश श्रीस घाइते भएका छन्।
घाइतेमध्ये टाउको, छाति र ढाडमा चोट लागेका बालिका विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर छ।
उनीहरुलाई खर्वाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाल्पा पठाइएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताए ।



















































































































































































































