गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा लागेको आगलागीमा परेर ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको हो ।
गएराति स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा आगो लागेको र सोही गोठमा सुतेका नरबहादुरको जलेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।
आगलागीबाट गोठमा रहेका भैंसी र गोरुहरु पनि जलेका छन् ।



















































































































































































































