१४ कार्तिक २०८३, शुक्रबार

 

गायक रामकृष्ण ढकाल र श्रीमती शाहबीच सम्बन्ध विच्छेद

चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाहबीच सम्बन्धविच्छेद भएको छ। जिल्ला अदालत काठमाडौंका अनुसार गायक ढकाल र श्रीमती शाह ढकालबीच बुधबार विधिवत सम्बन्धविच्छेद भएको हो ।

अदालतका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो। सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार मात्र निवेदन दिएकी थिइन्। उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्। शाह र ढकाल बीच लभ एरेञ्ज विबाह भएको थियो । ढकाल सामान्य परिवारमा हुर्किएका हुन् भने शाह समपन्न परिवारकी छोरी हुन् ।

ढकालको सांगीतीक ख्यातीसँगै उचाई भएका बेला ५० को दशकमा उनीहरुको विवाह भएको थियो । यसअघि यसैगरी हास्य कलाकार मनोज गजुरेल र उनकी श्रीमती बीच पनि समवन्ध विच्छेद भएको थियो । तर, छोरीको लालन(पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए। ढकाल र शाहबीच प्रेम विवाह भएको थियो। संगीतकार महेश ज्ञवालीलले ढकालको विच्छेद भएकोमा दुख् व्यक्त गर्दै ‘भाग्यमा जे लेखिएको छ, त्यही हुन्छ भन्थे । रामकृष्णको जीवनमा पनि त्यस्तै भयो ।’ यो समाचारले आफु दुखी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung