४ जेष्ठ २०८१, शुक्रबार

 

हाफ म्याराथनको उपाधि सेनालाई

भीमदत्त नगरपालिकाले आयोजना गरेको ‘जैविक धार्मिक पर्यटन मार्ग दोस्रो हाफ म्याराथन प्रतियोगिता’को उपाधि नेपाली सेनाका जितेन्द्र दनुवारले जितेका छन् ।

मंगलबार भएको प्रतियोगितामा दनुवारले ४० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी हात पारेका छन्। दनुवारले खुला मञ्चदेखि ब्रह्मदेवसम्मको २१ किलोमिटर दूरी एक घण्टा ७ मिनेटमा पार गरेका थिए । यस्तै, खुला हाफ म्याराथनमा नेपाली सेनाका जितेन्द्र राई द्वितीय र शिवम रायमाझी तृतीय भएका छन् ।

राईले ३० हजार र रायमाझीले २० हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् । खुला मञ्चबाट सुरू भएर महेन्द्रनगर बजार हुँदै तीलकपुर बैजनाथ माध्यमिक विद्यालयबाट जैविक धार्मिक मार्गको ब्रह्मदेवसम्म दूरी तय गरिएको थियो ।

यसैगरी प्रतियोगिताको १५ किलोमिटर महिलातर्फ पुष्पा पाण्डेय प्रथम, लक्ष्मी सुतारा द्वितीय र पुष्पा चन्द तृतीय भएका छन् । तीनै जनाले क्रमशः २० हजार, १५ हजार र १२ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्