नेपाल पत्रकार महासंघ सुनसरी शाखाका पूर्वसभापति याम प्रधान निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित प्रधानको इटहरी–९ भोजपुरे टोलस्थित निवासमा बिहीबार बिहान ५२ वर्षको उमेरमा निधन भएको हो । उनकी श्रीमती र छोरी छन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रधानलाई महासङ्घले २०७३ सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो ।
पत्रकार प्रधानको निधनप्रति नेपाल पत्रकार महासंले दुःख व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पूर्वको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका प्रधानको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
प्रेस युनियन स्तब्ध
नेपाल प्रेस युनियनले राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी याम प्रधानको निधनमा दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज एक विज्ञप्ति जारी गरी प्रधानको निधनमा दुःख व्यक्त गरेका हुन् ।



















































































































































































































