९ कार्तिक २०८३, आईतवार

 

रेडक्रस सोसाइटी तित्याङ उपशाखामा केसी

नेपाल रेडक्रस सोसाइटी तित्याङ उपशाखाको पाँचौं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन ९ नम्बर वडाध्यक्ष गणेश थापाले गरे ।

उनले रेडक्रस सामाजिक संस्था भएकाले निःस्वार्थ भावनासाथ सेवामूलक कार्यमा लाग्नुपर्ने बताए । उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमितिका सदस्य विष्णुप्रसाद शर्मा र मतदान अधिकृत लक्ष्मण खड्कालगायतले रेडक्रस पवित्र संस्था भएकाले पवित्र भावनासाथ मानव सेवामा लाग्नुपर्ने धारणा व्यक्त गरे ।

अधिवेशनले चन्द्रबहादुर केसीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्र्यसमिति चयन गरेको छ । समितिको उपसभापतिमा सीता शर्मा, सचिव कुमारप्रसाद उपाध्याय, उपसचिव ओमप्रकाश पौडेल, कोषाध्यक्ष पार्वती शर्मा, उपकोषाध्यक्ष नारायणप्रसाद पौडेल छन् । त्यसै गरी समितिका सदस्यहरूमा बद्रीप्रसाद पौडेल, सीता शर्मा, सोमप्रसाद पौडेल, टीका थापा क्षेत्री र शान्ता शर्मा छन् ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी तित्याङ उपशाखाका सभापति रामचन्द्र पौडेलको अध्यक्षता, उपसभापति चन्द्रबहादुर केसीको स्वागत मन्तव्य र सचिव धनञ्जय शर्माको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung