होटलमा यौन धन्दा चलाउने सञ्चालकसहित एक जोडीलाई प्रहरीले छापा मारी पक्राउ गरेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित पेपरमिल रोडमा सञ्चालनमा रहेको सुविधा गेष्ट हाउसमा छापा मारी प्रहरीले गएराति १ महिला र १ पुरुष अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
यस्तै महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने गेष्ट हाउसकी सञ्चालक धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं ६ की २६ कि रिता चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेका छ ।



















































































































































































































